काठमाण्डौ, १८ जेठ ।
मिडफिल्डर राजु तामाङ वर्षको सर्वोत्कृष्ट फुटबलर घोषित भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले आज तामाङलाई वर्षको सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै नगद २५ लाख दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई चेक हस्तान्तरण गर्नुभयो ।
एन्फाले यसअघि वर्षको सर्वोत्कृत खेलाडीलाई अपार्टमेन्ट दिने गरेको थियो । राकेश श्रेष्ठ, सागर थापा र रितेश थापालाई अपार्टमेन्ट दिने घोषणा गरेको थियो । तर, उनीहरुले अझै पाएका छैनन् ।
त्यसअघि उपेन्द्रमान सिंह र हरि खड्कालाई भने कार पुरस्कार दिइएको थियो । एन्फाले यो पटक भने नगद नै दिएको छ ।
कार्यक्रममा साग र बंगबन्धु कपका विजेता खेलाडीहरुलाई जनही १०, १० लाख दिइएको छ । यस्तै सागका उपविजेता महिला टोलीका सदस्यलाई १,१ लाख प्रदान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline