बजेट चुहावट सम्बन्धमा छानबिन गर्न नौ सदस्यीय समिति गठन

बजेट चुहावट सम्बन्धमा छानबिन गर्न नौ सदस्यीय समिति गठन

  • मङ्लबार, जेष्ठ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ १८ जेठ । बजेट चुहावटका बिषयमा छानबिन गर्न नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । व्यवस्थापिका संसदले प्रमुख प्रतिपक्षी दल काग्रेसका नेता रमेश लेखकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।

समिति गठनको प्रस्तावकमा एमाले प्रमुख सचेतकमा भानुभक्त ढकाल तथा समर्थकमा कंग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे हुनुहुन्छ ।

सभामुखको निर्देशनमा सो समितिले कार्यविधि भने आफै तय गर्नेछ । संसदमा बजेट सार्वजनिक हुनु पूर्व नै चुहावट भएको बिषयमा समितिले छानविन गर्नेछ ।

यस्तै, विगतमा पनि भएका चुहावटसम्बन्धमा अनुसन्धान गरी त्यसलाई समेटेर आगामी दिनमा यसो हुन नदिन अपनाउनुपर्ने सावधानी समेत समेटेर प्रतिवेदन तयार गर्नेछ । समितिलाई छानविन गरी प्रतिवेदन तयार पार्न ३ महिना १५ दिनको समय दिइएको छ ।

गत शनिवार संसदमा बजेट प्रस्तुत हुनु अगाडि नै संसदको विवरण सार्वजनिक भएको भन्दै छानविनको माग राखेर प्रमुख प्रतिपक्षी कंग्रेसले हिजो चार पटक संसद बैठक अवरुद्ध पारेको थियो ।

यसअघि आज बिहान प्रधानमन्त्री केपि ओलीको आह्वानमा बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको संयुक्त बैठकले संसदमा जारी गतिरोध अन्त्यका लागि छानविन समिति गठन गर्न सहमति गरेको थियो ।

यसैविच सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेटबारे व्यस्थापिका संसदमा आज छलफल भएको छ ।

बजेट चुहावटबारे छानबिन गर्न नौ सदस्यीय विशेष समिति गठन भएसंगै संसदमा बजेटबारे छलफल शुरु भएको हो । बैठकमा बिभिन्न दलका सांसदहरुले आ आफ्नो धारणा राखेका छन् । यसअघि हिजो कांग्रेसका सांसदहरुले पटक पटक बैठक अवरद्ध पारेका थिए ।

यता मोर्चा र संघीय गठवन्धनमा आवद्ध दलका सांसदहरुले आज पनि संसद बैठक बहिस्कार गरेका छन् ।

बजेटबारे संसदमा भोलीसम्म छलफल हुने छ । त्यसपछि जेठ २० गते सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने कार्यसुची रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनु भयो ।

सरकारले सामाजिक सुरक्षा भत्ता दोव्वर बनाउने, कृषिमा आत्मनिर्भर बनाउने, पूर्वाधार विकासमा तीव्रता दिने, तीन वर्ष भित्र सबै नागरिकको बीमा गराउने जस्ता कार्यक्रमहरु बजेटमा समावेश गरेको छ ।

संसद सचिवालयले आगामी आर्थिक बर्षको राजश्व र ब्ययको विवरणमाथि सैद्धान्तिक छलफलका लागि पर्सि बिहीवारसम्मको समय निर्धारण गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ