५१ जना उपसचिवको एकै पटक सरुवा

५१ जना उपसचिवको एकै पटक सरुवा

  • मङ्लबार, जेष्ठ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, १८ जेठ । गृह मन्त्रालयले ५१ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले १० जना सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रमुख जिल्ला अधिकारी तोक्दै जिल्लामा सरुवा गरेको छ ।

जस अनुसार कैलाली, बाँंके, कपिलवस्तु, रुपन्देही, स्याङ्जा, तनहुँं, काभ्रे, महोत्तरी जिल्लामा सहायक प्रजिअको भूमिकामा काम गरेका उपसचिवहरुलाई क्रमश डडेल्धुरा, मनाङ, कालिकोट, तेह्रथुम, प्युठान, वैतडी, अछाम, भोजपुर र पाँंचथरको प्रजिअ बनाएर पठाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमनमा रहेका उपसचिव प्रकाशचन्द्र अधिकारीलाई रामेछापको प्रजिअ र गृह मन्त्रालयका शम्भुप्रसाद मरासैनीलाई पर्वतको प्रजिअ बनाएर मन्त्रालयले सरुवा गरेको छ ।

गृहमै रहेका तीन जना उपसचिव सुनिल खनाल, चेतराज बराल र खुमकान्त अचार्यलाई क्रमश बझाङ, डोल्पा र संखुवासभाको प्रजिअ बनाएर पठाएको छ ।

गृह प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार मन्त्रालयले १२ जना उपसचिव रहने जिल्लाका प्रजिअलाई सचिव प्रजिअ रहने जिल्लामा सरुवा गरेको छ ।

जसअनुसार डडेल्धुरा, संखुवासभा, मनाङ, अछाम तेह्रथुम, प्युठान, वैतडी, रामेछाप, कालिकोट भोजपुर मुगु, पाँंचथर, बझाङ, डोल्पाका प्रजिअलाई क्रमश रुपन्देही, काठमाडौं, काभ्रे, धादिङ, मोरङ, बाँके, बारा, रुपन्देही, सिरहा, कैलाली र दाङमा सरुवा गरेको छ ।

मन्त्रालयले गृहमै उपसचिवको दरबन्दीमा काम गरेका लक्ष्मीदेवी होमागाँंई, शंकरबहादुर विष्ट, शिशिर पौडेल, गुरुदत्त ढकाल, ललित बहादुर बस्नेत, कृष्ण प्रसाद आचार्यलाई क्रमश भक्तपुर, डोटी, तनहुँ, कास्की, काठमाडौं र ललितपुरमा पठाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ