जेष्ठ १८ काठमाण्डौं । भोली जेष्ठ १९ गते निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचन हुदै छ ।
सो निर्वाचनमा काग्रेस, एमाले माओवादी केन्द्र , स्वतन्त्र कर्मचारी मिलन केन्द्र सहित विभिन्न ६ संगठनले उम्मेद्धारी दिएका छन् ।
सोही निर्वाचनमा गैर राजनीतिक एवं विशुद्ध कर्मचारीको हक हितका लागि प्रतिवद्ध हुनका लागि आफ्नो संगठनलाई जिताउन स्वतन्त्र कर्मचारी मिलन केन्द्रको पक्षमा कर्मचारीहरु लाग्ने पदाधीकारीहरुले दावी गरेका छन् ।
माओवादी केन्द्र, एमाले, काग्रेस भित्रका असन्तुष्ट कर्मचारीहरुले मिलन केन्द्रलाई मतदान गर्ने आस्वासन दिएको दावी मिलन केन्द्रका एक पदाधीकारीले गरेका छन् । यस्तो अवस्थामा तेस्रो नभए पनि चौथो पोजिसनमा मिलन केन्द्र आउने उनीहरुको दावी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline