काठमाडौ १८ जेठ ।
संसदमा प्रस्तुुत हुनु पूर्व नै बजेट चुहावट भएको सम्बन्धमा छानबिन गर्न तीन दलका नेता सम्मिलित समिति गठन गर्न सत्तरुढ तथा प्रतिपक्षी दलबीच सहमती भएको छ ।
नयाँ बानेश्वरस्थीति संसद भवनमा आज बिहान सभामुख ओनसरी घर्तीको पहलमा बजेको प्रधानमन्त्री तथा प्रमुख तीन दलका बिशर्ष नेता सम्मिलित बैठकले समिति गठन गरि छानबिन अगाडि बणउने सहमती गरेको हो ।
सरकार तथा प्रतीपी काग्रेसले तीनै दलका शिर्ष नेता सम्मिलित समिति बनाएर बजेट चुहावटका बिषयमा छानविन गर्ने निर्णय गरेको सभामुखका प्रेस सल्लाकार बविन शर्माले जानकारी दिनुभयो ।
काग्रेसले सदनमा पेश गर्नु पहिले बजेटका कतिपय सूचना बाहिर प्रकाशित गर्नु संसदीय मर्यादा विपरित भएकाले उक्त कार्यको छानविन गर्न संसदीय समिति गठन गर्नु पर्ने माग गर्दै संसद बैठक हिजो चार पटकसम्म अवरुद्ध पारेको थियो ।
समिति गठनको विषयमा सहमति भए पनि समितिको आकार, संयोजक र कार्य्विधीको विषयमा प्रमुख राजनीतिक दलका नेता र सभामुखवीच छलफल भईरहेको छ ।
छानबिन समिति गठन सत्तारुढ दल सहमत भएपछि प्रतिपक्षी कांग्रेसले आजबाट संसद बैठक सुचारु हुन दिने जनाएको छ ।
दलहरुवीच सहमतिको प्रयास भईरहेकोले मंगलबार ११ बजेका लागि तय गरिएको संसद बैठक १ बजेसम्मका लागि स्थगित भएको छ ।