भक्तपूरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

भक्तपूरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

  • मङ्लबार, जेष्ठ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ १८ जेठ ।  

भक्तपुरको लोकन्थलीमा भएको मोटरसाइलक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

गएराति बा ७४ प ५२४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किँदा चालक भक्तपुर ठिमीका २८ वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडी सवार ठिमी–८ का सञ्जय श्रेष्ठ र मुकेश श्रेष्ठ घाइते भएका छन् । उनीहरुको नागरिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ ।

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ