आज धुम्रपानरहित दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

आज धुम्रपानरहित दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

  • मङ्लबार, जेष्ठ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ १८ जेठ । 

आज विश्व धुम्रपानरहित दिवस, नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । विश्वमा सुर्ती सेवनलाई निस्तेज पार्ने उदेश्यले हरेक वर्ष मे ३१ तारीखमा यो दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवम् स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाले आज विविध कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालमा सुुर्ती र चुरोटका कारण वर्षेनी १५ हजार बढीको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ । सुर्ती र चुरोटकै कारण वर्षेनी ७ हजारलाई क्षयरोग र २७ हजारलाई क्यान्सर रोग लाग्ने गरेको छ ।

मुलुकमा ५१ प्रतिशत भन्दा बढी मानिसको मृत्यु सुुुर्ती सेवनका कारण लाग्ने रोगबाट हुने गरेको अध्यनले देखाएको छ । चुरोट सुर्ती खानेलाई हृदयघात, मुटुरोग तथा क्यान्सर जस्ता स्वास्थ्य समस्याको खतरा उच्च हुने चिकित्सकहरुले बताएका छन् ।

पछिल्लो समय सरकारले सार्वजनिक ठाउँमा सुर्ती र चुरोट खान नपाइने नियम ल्याए पनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ