जेष्ठ १७ काठमाण्डौं । विप्वल नेतृत्वको नेकपा माओवादीले आफ्ना कार्यकर्ताहरु पक्राउको विरोधमा आगामी जेष्ठ २७ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ ।
माओवादी प्रवक्ता तथा स्थायी समिति सदस्य खड्ग बहादुर विश्वकर्मा ( प्रकाण्ड ) ले एक विज्ञप्ति जारी गर्दै बन्दको घोषणा गर्नु भएको हो ।
नेपाल बन्द पूर्व माओवादीले मेची अञ्चलका जिल्लाहरु, धादिङ, चितवन, नुवाकोट रसुवा र कर्णाली अञ्चल बन्द गर्ने समेत प्रवक्ता प्रकाण्डद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
झापाका जिल्ला सचिव वावुराम राई सहित विभिन्न जिल्लामा कार्यकर्ताहरुलाई षड्यन्त्र पूर्वक जेल चलान गरिएको भन्दै बन्द गर्नुको विकल्प नभएको माओवादीले बताएको छ ।
दलाली, भ्रष्टाचार, मापिया तन्त्र र काला बजारीको विरुद्धमा आन्दोलन गरीरहेको पार्टी कार्यकर्तालाई फसाउन खोजिएको भन्दै विना शर्त रिहाईको लागि बन्द गर्नु परेको माओवादीको भनाई छ ।
