प्रधानमन्त्री ओली सग प्रचण्डको गुनासो

प्रधानमन्त्री ओली सग प्रचण्डको गुनासो

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ ,१७ जेठ । प्रधानमन्त्री केपि शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान भएको भेटमा प्रधानमन्त्री र अध्यक्ष दाहालबीच राजनीतिक परिस्थिति र बजेटका बारेमा छलफल भएको जनाइएको छ ।

अध्यक्ष दाहालले बजेट सकारात्मक भएपनि सहमतिको भावना अनुरुप चल्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनु भएको थियो ।
दाहालले सत्तासाझेदार दलहरुसँग पर्याप्त छलफल नै नगरी एकलौटी रुपमा बजेट आएको गुनासो गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

झण्डै एक घण्टा लामो छलफलमा आजबाट सुरु हुने बजेटमाथिको सैद्धान्तिक छलफलमा सत्तारुढ दलहरुको भूमिका सम्बन्धमा समेत छलफल भएको बताईएको छ ।

सरकारले शनिबार संसदमा प्रस्तुत गरेको बजेटमा तामाकोशि जलविद्युत आयोजनामा जनयुद्धका सहिद परिवारलाई १० लाख बराबरको शेयर दिने, किसानलाई पेन्सन लगायतका विषय नसमेटिए पछि माओवादी सरकारसँग असन्तुष्ट भएको हो ।

माओवादी संसदीय दलको बैठकले संसदमा बजेटमा नसमेटिएका विषयमा सशक्त आवाज उठाउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ