कंग्रेसको अवरोधका कारण संसद बैठक भोलीसम्मका लागि स्थगित

कंग्रेसको अवरोधका कारण संसद बैठक भोलीसम्मका लागि स्थगित

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ, १७ जेठ । प्रमुख प्रतिपक्षि नेपाली कंग्रेसको अवरोधका कारण संसद बैठक भोलीसम्मका लागि स्थगित भएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बजेटको सूचना चुहाएकोमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा सत्तारुढ दल तयार नभएपछि संसदको आजको बैठक प्रभावित भयो । बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । कंग्रेसको अवरोधपछि व्यवस्थापिका संसद बैठक आज पटक पटक स्थगित भएको थियो ।

सरकारले बजेटको गोपनियता राख्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले छानविनको माग गरेपछि व्यवस्थापिका संसद बैठक विहान आधा घण्टा र अर्को पटक डेढ घण्टा स्थगित भएको थियो ।

अपरान्ह बसेको बैठकमा पनि कंग्रेसका सांसदहरुको अवरोध जारी रहेपछि सभामुख ओनसरी घर्तीले बैठक भोलिसम्मका लागि स्थगित भएको सूचना सुनाउनु भएको थियो ।

एमाले सांसद वामदेव गौतमले सरकारले लोकप्रिय बजेट ल्याएकाले आत्तिएर कंग्रेसले प्रतिपक्षीको धर्म निर्वाह गरेको प्रतिक्रिया दिनुभयो । बजेटको सूचना चुहिएको बारे छानबिन गर्न संसदीय समिति बनाउने कुरा उपयुक्त नभएको उहाँले उल्लेख गर्नुभयो ।

गौतमले भन्नुभयो, ‘यो बजेट राम्रो भएकाले प्रतिपक्षी दलले कुण्ठा पोखेको हो । समिति बनाएर समय खेर फाल्ने पक्षमा हामी छैनौं ।’ संसदमा प्रस्तुत हुनु पूर्व नै बजेटको प्राथमिकता र उद्देश्यबारे संचारमाध्यममा समाचार प्रकाशित भएको भन्दै कंग्रेसले त्यसबारे छानबिन नभएसम्म बैठक चल्न नदिने अडान लिएको छ ।

कंग्रेस सांसद महेश आचार्यले ३ पटकसम्म बैठक स्थगित हुँदा पनि सरकार गम्भिर नदेखिएको आरोप लगाउनुभयो । आचार्यले बजेटको सूचना चुहावट हुनु गम्भिर विषय भएको भन्दै छानविन नभएसम्म संसद संचालन गर्न नदिने बताउनु भयो ।

त्यसअघिको बैठकमा सांसद रमेश लेखकले बजेटमाथिको गोपनियता भंग हुनुलाई गम्भिर राजनीतिक अपराधको संज्ञा दिंदै छानविन हुनुपर्ने माग गर्नुभयो ।

यसअघि आजैको पहिलो बैठकमा कंग्रेस सांसद रामशरण महतले छानविनका लागि समिति गठन नभएसम्म सदनको कामकारवाही अगाडी बढाउन नदिने बताउनुभएको थियो । बजेटमाथि आजबाट आगामी जेठ १९ गतेसम्म सैद्धान्तिक छलफल गर्ने कार्यसुची रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ