हैदरावाद बने आइपिएल क्रिकेट च्याम्पियन

हैदरावाद बने आइपिएल क्रिकेट च्याम्पियन

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ १७ जेठ ।

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको नवौं संस्करणको उपाधि सनराइजर्स हैदरावादले जितेको छ । गएराति चिन्नास्वामी रंगशालामा भएको फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ रनले पराजित गर्दै हैदरावादले उपाधि हात पारेको हो ।

हैदरावादले दिएको दुई ९ रनको चुनौती पछ्याउने क्रममा बैंग्लोर सात विकेट गुमाएर मात्र दुई सय रनमा समेटियो । बैंग्लोरका क्रिस गेलले ३८ बलमा ७६ तथा कप्तान विराट कोहलीले ३५ बलमा ५४ रन जोडेपनि जीतका लागि पर्याप्त भएन । हैदरावादका बेन कटिङले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय ८ रन बनाएको थियो । उसका लागि कप्तान डेविड वार्नरले ३८ बलमा ६९, बेन कटिङले १५ बलमा नटआउट ३९ रन बनाए ।

यस्तै युवराज सिंहले २३ बलमा ३८ तथा शिखर धवनले २५ बलमा २८ रन बनाए । हैदरावाद पहिलो पटक आइपिएलको च्याम्पियन बनेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी