संघिय गठबन्धनले आज पोखरामा विरोध प्रदर्शन गर्दै

संघिय गठबन्धनले आज पोखरामा विरोध प्रदर्शन गर्दै

  • सोमवार, जेष्ठ १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ १७ जेठ ।  

आन्दोलनरत मधेसी मोर्चा तथा बिभिन्न जनजाति दल आबद्ध संघिय गठबन्धनले आज पोखरामा बिरोध प्रदर्शन गर्दैछ ।

प्रदेश सिमांकन, पहिचान सहितको संघियता लगायतका माग राख्दै संघिय गठबन्धनले आज अपरान्ह पोखरामा बिरोध प्रदर्शन सहित सभा गर्ने तयारी गरेको हो ।

यसअघि नै घोषित दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तरगत आज गठबन्धन आबद्ध दलका नेता कार्यकर्ता पोखरा पुगेका हुन् । प्रदर्शन पछि आयोजना हुने सभालाई गठबन्धन आवद्ध दलका नेताहरु संबोधन गर्ने छन् ।

पोखरामा हुने सभा मार्फत आजै गठबन्धनले तेस्रो चरणको आन्दोलनका कार्यक्रम पनि घोषणा गर्ने गठबन्धन आवद्ध दल संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सरकारले आफुहरुको माग संबोधन नगरेसम्म आन्दोलन नरोक्ने घोषणा गरेका गठबन्धनले भोलीबाट तेस्रो चरणको आन्दोलनलाई थप ससक्त बनाएर लैजाने उहाले बताउनु भयो ।

तेस्रो चरणको आन्दोलनको स्वरुप तयार गर्न यसअघि नै शिर्ष संघिय गठबन्धनले सचिवालयालई जिम्मा दिएको थियो ।

हिजो वीरगन्जमा बिरोध सभा गरेको गठबन्धनले आफ्ना माग संबोधनका लागी सरकारलाई दबाब दिन भन्दै यसअघि राजधानी केन्द्रित आन्दोलन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ