प्रथम लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथन उपादी नेपाली सेनाका भरत कार्कीलाइ

प्रथम लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथन उपादी नेपाली सेनाका भरत कार्कीलाइ

  • आइतवार, जेष्ठ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ १६ जेठ  । रसुवामा भएको प्रथम लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथन दौड प्रतियोगितामा नेपाली सेनाका भरत कार्की प्रथम भएका छन् ।

नारायण दल गणका कार्कीले निर्धा्रित २१ किलोमिटरको दूरी एक घण्टा १७ मिनेट ५५ सेकेन्डमा पार गरेका हुन् ।
एक घण्टा १८ मिनेट ३५ सेकेण्डमा दूरी पार गरेका नेपाली सेनाकै होमलाल श्रेष्ठ दोस्रो भएका छन् ।

एक घण्टा १८ मिनेट ४६ सेकेण्डमा दूरी पार गरेका जुम्लाका गोविन्दप्रसाद अधिकारी तेस्रो भएका छन् । यसैगरी महिला तर्फ रसुवाकी फूलमाया स्याङ्वाले दुई घण्टा दुई मिनेट २६ सेकण्डमा दूरी पार गरी प्रथम भएकी छन् ।

दुई घण्टा १३ मिनेट ५३ सेकेण्डमा दूरी पार गरी सिन्धुपाल्चोककी कमला तामाङ दोस्रो तथा २ घण्टा १६ मिनेट १७ सेकेण्डमा दूरी पार गरी रसुवाकी विन्दा विक तेस्रो भएकी छन् ।

भूकम्पका कारण क्षति पुगेको लाङटाङ गाँउमा खुसी ल्याउन सहयोग गरौ भन्ने नाराका साथ ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को ३८ औँ स्थापना दिवसको अवसरमा हाफ म्याराथन प्रतियोगित भएको हो ।

प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा एक सय ७ जनाले नाम दर्ता गराएकोमा एक सय एक जना धावकले सहभागिता जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी