नेपालले लाओस विरुद्ध बराबरी खेल्यो

नेपालले लाओस विरुद्ध बराबरी खेल्यो

  • आइतवार, जेष्ठ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

जेष्ठ १६ काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओस विरुद्ध मैत्रीपूर्ण खेल पनि बराबरीमा चित्त बुझाएको छ ।
पहिलो हाफ्मा कमजोर प्रदर्शन गरेको नेपालले दोस्रो हाफ्मा आक्रामक खेल्दै ७६ औं मिनेटमा बिशाल राईको गोल मार्फत अग्रता लिएको थियो ।
तर त्यसको दुई मिनेट पछि नै घरेलु टोलीले एक गोल फर्काए पछि खेल बराबरीमा रोकिएको हो ।
लाओसको भियन्तान स्थित राष्ट्रिय रंगाशालामा खेल भएको थियो ।
नेपालका कप्तान अनील गुरुङलाई बेन्चमा राखेर प्रशिक्षक कोजीले पहिलो टिम उतारेका थिए ।
जापानी प्रशिक्षक कोजी ग्योतोकुले नेपाली टोलीको जिम्मेवारी समालेयता नेपालको यो पहिलो औपचारिक खेल हो ।

यस अघि बगबन्धु गोल्ड कप, भारतमा सम्पन्न साग प्रतियोगीता जीतेको नेपाल मलेशियाको २२ वर्ष मुनिको उमेर समुहसँगको मैत्रीपूर्ण खेलमा भने १/१ गोलको बराबरीमा रोकिएको थियो ।

विश्वकप छनोट र एसियन कप छनोटबाट बाहिरीसकेको नेपालले औपचारिक फुटबल प्रतियोगिताका रुपमा भने अर्को वर्ष बंगलादेशमा साफ च्याम्पियनसिप खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी