बजेटले सबै क्षेत्र उत्साहीत छन् :प्रधानामन्त्री ओली

बजेटले सबै क्षेत्र उत्साहीत छन् :प्रधानामन्त्री ओली

  • आइतवार, जेष्ठ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्रलाई उत्साहित बनाएको दाबी गर्नुभएको छ ।

नीति तथा कार्यक्रमअनुसार नै बजेट आएको भन्दै उहाँले सरकारले बजेटको प्रभावकारी कार्यान्वयन गर्नेमा शंका नगर्न आग्रह गर्नुभयो ।

पर्यटन मन्त्रालयले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मलुकको विकासलाई तिब्रता दिने लक्ष्यसहित बजेट आएको बताउनुभयो । मुलुकको आर्थिक विकासप्रति सरकार दृढ संकल्पित छ भन्ने कुरा बजेटबाट प्रष्ट भएको उहाँको भनाइ थियो ।

नीति, कार्यक्रम र बजेटले नेपालको विकासलाई तिव्रताका साथ अगाडि बढाउने कुरामा नयाँ दृष्टिकोण पेश गरेको र यसले हरेक क्षेत्रलाई उत्साहित बनाएको उहाँले वताउनुभयो ।

यसैविच प्रधानमन्त्री ओलीले सरकारले ल्याएको बजेटको प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

संसद भवन नयाँ बानेश्वरमा आज बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बजेटलाई दिल खोलेर समर्थन गर्न आग्रह गर्नुभयो ।

विपक्षीहरुले वितरणमुखी भनेर विरोधमात्रै गरेको गुनासो गर्दै ओलीले बजेटमा कुन कुरामा असहमति हो भन्ने नखुलाई भ्रममात्रै फैलाउन खोजिएको आरोप लगाउनुभयो ।
शिक्षा, स्वास्थ्य र विकास योजनाका लागि बजेट छुट्याइएको दाबी गर्दै प्रधानमन्त्री ओलीले पैसा पोको पारेर राख्ने नभइ वितरण गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसदले ३ करोड पाए भनेर भ्रम फैलाइएको भन्दै प्रधानमन्त्री ओलीले सांसदहरुलाई विकास निर्माणमा सहभागी बनाउन रकम छुट्याइएको तर्क गर्नुभयो । बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्ने आरोपको खण्डन गर्दै उहाँले देश बनाउने काम नै चुनौतीपुर्ण रहेको जिकिर गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ