आज अन्तराष्ट्रिय सगरमाथा दिवश, विभिन्न कार्यक्रम गरी मनाइदै

आज अन्तराष्ट्रिय सगरमाथा दिवश, विभिन्न कार्यक्रम गरी मनाइदै

  • आइतवार, जेष्ठ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ ,१६ जेठ । 

आज अन्तराष्टिय सगरमाथा दिवश, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानव पाइला टेकेको आज ६३ वर्ष पूरा भएको छ ।

प्रथम सगरमाथा आरोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा राजधानीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । केहिबेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पर्यटन बोर्डमा रहेको तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्ने उदेश्यले सन् २००८ देखि नेपालमा सगरमाथा दिवस मनाउन सुरु गरिएको हो ।

६३ वर्षको आरोहणको अवधिमा करिब सात हजार पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् भने आरोहीहरूले नयाँनयाँ कीर्तिमान समेत थप्दै आएका छन् ।

यसवर्ष फुर्वा तेन्जिङ शेर्पाले दशौ पटक आरोहण गरी नयाँ रेकर्ड कायम गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ