भोलीबाट बजेटमाथि छलफल शुरु हुने

भोलीबाट बजेटमाथि छलफल शुरु हुने

  • आइतवार, जेष्ठ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

जेष्ठ १७ काठमाण्डौं । सरकारले शनिबार प्रस्तुत गरेको आर्थिक बर्ष २०७३÷७४ को बजेटमाथि भोलीबाट छलफल शुरु हुने भएको छ । संसद बैठक भोली ११ बजेका लागि बोलाईएको छ ।
तीन दिनको लगातार छलफल पछि बजेटका विषयमा सभासदहरुले उठाएका प्रश्नहरुको २० गते अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिनु हुने छ ।
सरकारले १० खर्ब ४८ अर्ब ९२ करोड बराबरको बजेट सार्वजनिक गरेको थियो ।
बजेटले सामाजिक सुरक्षा भत्ता दोव्वर बनाउने, कृषिमा आत्मनिर्भर बनाउने, पूर्वाधार विकासमा तीव्रता दिने, तीन वर्ष भित्र सबै नागरिकको बीमा गराउने जस्ता कार्यक्रमहरु घोषणा गरेको छ ।
यद्यपि बजेट लोकप्रियताका लागि थुप्रै नारा र कार्यक्रम घोषणा गरिए पनि यसको कार्यन्वयन चूनौती पूर्ण भएको भन्दै अर्थविद्हरुले मिश्रित प्रतिकृया दिएका छन् ।
पूर्व अर्थमन्त्री डा. राम शरण महतले बजेटले आर्थिक अनुशासनको उलंघन गरेको र आर्थिक अराजकता बढ्न सक्ने टिप्पणी गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ