रियल मेड्रीडले जीत्यो च्याम्पियन्स लिग

रियल मेड्रीडले जीत्यो च्याम्पियन्स लिग

  • आइतवार, जेष्ठ १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

जेष्ठ १६ काठमाण्डौं । ईटलीको मिलानमा सम्पन्न युरोपियन च्याम्पियन्स लिगको उपाधी रियल मेड्रीडले जीतेको छ ।

एथलेटिको मेड्रीडलाई पेनाल्टी सुट आउटमा ५–३ गोल अन्तरले पराजीत गर्दै रियलले उपाधी उचालेको हो ।

यो सगै मड्रीड प्रतियोगीताको ११ औं पटक च्याम्पियन भएको छ । रियलका कप्तान सर्जियो रामोसले १४ औ मिनेटमा गरेको विवादीत गोलबाट टिमलाई अग्रता दिलाएका थिए ।
त्यस पछि एथलेटिकोका एन्थेनी ग्रिजमोले पेनाल्टी मा समेत गोल गर्न चुके पछि रियलको मनोबल बढेको थियो ।
तर खेल सकिनु १० मिनेट अघि एथ्लेटिकोका यानिक करासोले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा लगे ।
त्यस पछि अतिरिक्त समयको खेलमा समेत कुनै गोल हुन नसके पछि पेनाल्टी मार्फत उपाधीको छिनोफानो भएको थियो ।
यो जीतले फ्रान्सका पूर्व कप्तान तथा रियलका नवनियुक्त प्रशिक्षक जिनेदिन जिदानको भविष्य समेत बलियो बनाई दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी