नेपाल राष्ट्रिय प्राध्यापक संगठनको अध्यक्षमा :पाण्डे

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको अध्यक्षमा :पाण्डे

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

भैरहवा,जेठ १५ । नेपाल राष्ट्रिय प्राध्यापक संगठन इकाई समिति भैरहवा वहुमुखी क्याम्पसको साधारण सभा तथा अधिवेशनले गणेश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय नया कार्य समिति गठन गरेको छ ।
संगठनका अध्यक्ष अनिल कुमार झा क्याम्पस प्रमुखमा नियुक्ती भए संगै नया अधिवेशन गरि गणेश पाण्डेलाई अध्यक्ष वनाइएको हो ।
संगठनको उपाध्यक्षमा केशव शर्मा वेलवासे, अर्का उपाध्यक्षमा त्रिभुन वरई , सचिवमा क्रषि ज्ञवाली, सहसचिवमा लक्ष्मण तिमिल्सिना,कोषाध्यक्षमा मोलहु प्रसाद जैसवाल, र सदस्यहरुमा मधु ढकाल, दिपेन्द्र कुमार गौड,मकवुल महमद खां लाई चयन गरेको छ । क्याम्पस प्रमुख अनिल कुमार झा र निर्वतमान क्याम्पस प्रमुख डा. घनश्याम न्यौपानेलाई सल्लाहकारमा समेत अधिवेशनले चयन गरेको छ ।
कार्यक्रममा पार्टिका क्षेत्र नम्वर २ का इञ्चार्ज उमेश खनालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका कपिल चापागाई,क्याम्पसका लेक्चरल तथा संगठनका साधारण सदस्यहरु भेषराज भट्राई,वसन्त पाण्डे,राजेन्द्र राउत, धनेश्वर तिमिल्सिनाको समेत सहभागिता रहको थियो ।
अधिवेशनमा क्यँम्पसका निर्वतमान क्याम्पस प्रमुख डा.घनश्याम न्यौपानेले सम्वोधन गर्दै पार्टी र संगठनका निम्ति आफुले कुटनितिक रुपमा काम गरिरहेको वताउदै कसैले क्याम्पस प्रमुखलाई घुर्की लगाउछ भने यसको कुनै अर्थ नरहने वताए । उनले संगठनलाई एकमत भएर अगाडी वढन समेत सवैलाई निर्देशन दिए ।

न्यौपानेले भने, मलाई पनि घुर्की र दवाव आउने गरेको थिए र तर आफुले वढो कुटनितिक रुपमा त्यस्ता पात्रहरुलाई प्रयोग गरेको तर उनिहरु संग सम्झौता नगरेको स्मरण गराउदै वर्तमान क्याम्पस प्रमुख अनिल कुमार झालाई पनि निडरताका साथ अगाडी वढन र आवस्यक परेको वखत सहयोगका लागी आफु तयार रहेको उनले जनाए ।
पार्टिका क्षेत्रिय इञ्चार्ज उमेश खनालले पनि भैरहवा बहुमुखी क्याम्पसमा पनि नेपाल राष्ट्रिय प्रध्यापक संगठन १ नम्वरको संगठन हुनुपर्ने भन्दै आगामी दिनमा योजना र आपसी सल्लाहमा अगाडी वढन उपस्थितहरुलाई वताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी