उरुग्वे मैत्रीपूर्ण फुटबलमा विजयी

उरुग्वे मैत्रीपूर्ण फुटबलमा विजयी

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ १५ जेठ । कोपा अमेरिका फुटबलको तयारीमा रहेको उरुग्वे मैत्रीपूर्ण फुटबलमा विजयी भएको छ भने गएको वर्षको च्याम्पियन चिली पराजित भएको छ ।

आज बिहान भएको खेलमा उरुग्वेले ट्रिनिडाड एण्ड टोबाकोलाई ३–१ ले हराएको हो । उरुग्वेको जितमा एडिसन काभानीले दुई तथा माटिएर वेकिनोले एक गोल गरे । ट्रिनिडाड एण्ड टोबाकोका लागि जोमल विलियम्सले एक गोल फर्काए । सातौं मिनेटमा विलियम्सले गोल गर्दै टोबाकोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर घरेलु मैदानमा भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका काभानीले २६ औं मिनेटमा उरुग्वेका लागि बराबरी गोल फर्काए ।

३९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै काभानीले उरुग्वेलाई २–१ को अग्रता दिलाए । ५२ औं मिनेटमा वेकिनोले एक गोल गरेपछि उरुग्वेको अग्रता ३–१ मा पुग्यो । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र उरुग्वे विजयी भयो । यो खेलमा बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेज भने चोटका कारण खेलेका थिएनन् ।

अर्को खेलमा गएको वर्ष कोपा अमेरिकाको उपाधि जितेको चिली जमैकासँग पराजित भयो । जमैकाले चिलीलाई उसकै घरेलु मैदानमा २–१ ले हरायो । चिलीलाई हराउन जमैकाका क्लेटन डोनल्डसनले ३६ तथा जोएल ग्रान्टले ५३ औं मिनेटमा गोल गरे । चिलीका लागि ८२ औं मिनेटमा निकोलस कास्टियोले एक गोल फर्काए । चिलीका एलेक्स सान्चेजले गोल गर्ने मौका गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी