काठमाण्डौ ,१५ जेठ । सरकारले भुकम्पपछिको पुननिर्माणका लागी १ खर्ब ४० अबै ६६ करोड रुपैया बिनियोजन गरेको छ ।
मुआब्जा लगायतका समस्या समाधान गर्न छुट्टै निकाय स्थापना गरिने छ । भूकम्पीडितलाई सरल तरिकाले अनुदान वितरण गरिनेछ । सामुहिक जमानीमा ३ लाख ऋण उपलब्ध गराइने छ ।
सडक मर्मत
काठमाडौं निजगढ द्रुत मार्ग आगामी आर्थिक वर्षबाट सुरु गर्ने जनाउदै यसका लागि १० अर्ब बजेट विनियोजन गरिएको छ ।
प्रदेश सदरमुकामलाई स्थानीय सडकसंग जोड्ने लक्ष लीईएको छ । भारतको अनुदान र सरकारको आफ्नै स्रोतबाट हुलाकी राजमार्गको निर्माण अघि बढाउन ४ अर्ब २० करोड वजेट छुट्याईएको छ ।
पुष्पलाल मध्यपहाडी ५ वर्षसम्ममा सम्पन्न गर्ने लक्षका साथ २ अर्ब ८८ करोड बजेट छुट्याइएको छ । धरान चतरा सडकका लागि ३ अर्ब ३ करोड वजेट बिनियोजन गरिएको छ । सो सडक तीन वर्षमा सक्ने लक्ष लिईएको छ ।
खादबांदबारी किमाथान्का ट्र्याक खोल्न आवश्यक बजेट विनियोजन गरिएको छ । डोल्पा सरदमुकामलाई १ र हुम्ला सदरमुकामलाई २ वर्ष्भित्र सडक संजालसंग जोड्ने लक्ष छ ।
सिमिकोटलाई उत्तरी नाकासम्म जोड्ने सडकका लागि बजेट व्यवस्था गरेको छ। काठमाडौं बाहिरी चत्रपथ निर्माणका लागि आवब्यक तयारी गरिने र अरनिको राजमार्गलाई चार लेनको बनाइने जनाईएको छ ।
काठमाडौं हेटौडा सुरुङ मार्ग निर्माणका लागि सरकारले सहजिकरण गर्ने तथा सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि डीपीआर तयार पार्न बजेट छुट्टाईएको छ ।