काठमाण्डौ १५ । जेठ नेकपा क्रातिकारी माओवादीका नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्र सत्ताको सुविधा भोग गर्न चाहनेहरुको पार्टी भएको बताउनु भएको छ ।
माओवादी क्रान्तिकारीका नेता रामबहादुर थापा ‘बादल’ बहुमत केन्द्रीय सदस्य सहित एनेकपा माओवादीसँग एकिकरण प्रक्रियामा सहभागी हुनुभएको थियो ।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै नेता गजुरेलले माओवादी केन्द्र क्रान्तिकारी पार्टीमा भविश्य नदेख्नेहरुको जमघट भएको वताउनुभयो । उहाँले नेकपा माओवादी क्रान्तिकारीमा रहदा सत्तामा भविश्य नदेखेका कारण बादल लगायतका नेताले पार्टी छाडेको उहाँको आरोप रहेको थियो ।
वादल समूहले पार्टी छोडेपछि पार्टीमा सुद्धिकरण भएको दावी गर्दै नेता गजुरेलले ठूलो परिवर्तन विना जनताको भावना अनुसारको हकअधिकार स्थापित हुन नसक्ने भएकोले आफ्नो पार्टी क्रान्तिको तयारीमा लागेको बताउनु भयो ।
नेता गजुरेलले अहिलेको अवस्थामा सत्तामा गएर परिवर्तन सम्भव नरहेको जिकिर गर्दै आफ्नो पार्टी प्रति क्रान्ति बाट एकैचोटी क्रान्ति हुन नसक्ने भएकोले अहिले शक्ति संचयमा लागीरहेको बताउनु भयो ।