आइपिएलको उपाधि भिडान्त बैंग्लोर र हैदरावादबीच हुने

आइपिएलको उपाधि भिडान्त बैंग्लोर र हैदरावादबीच हुने

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौ १५ जेठ ।  

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।

गएराति दिल्लीमा भएको दोस्रो क्वालिफाएरमा गुजरात लाइन्सलाई चार विकेटले पराजित गर्दै हैदरावादले बैंग्लोरसँगको फाइनल भिडान्त तय गरेको हो ।

गुजरातले दिएको एक सय ६३ रनको चुनौती हैदरावादले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । हैदरावादका लागि कप्तान डेविड वार्नरले पारी सम्हालेर जित दिलाए ।

वार्नर ५८ बलमा ११ चौका र तीन छक्काको मद्दतमा ९३ रनमा नटआउट रहे । यस्तै मोइसिस हेनरिक्सले ६ बलमा ११ तथा नमन ओझाले ८ बलमा १० रन बनाए ।

गुजरातका डवेन ब्राभो र शिविल कौशिकले दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले सात विकेटको क्षतिमा एक सय ६२ रन बनाएका थिए ।

हारसँगै गुजरातले फाइनलमा पुग्ने दोस्रो मौका पनि गुमाएको छ । पहिलो क्वालिफाएरमा पराजित भएर गुजरात एलिमिनेटरको विजेता हैदरावादसँग दोस्रो क्वालिफाएर खेलेको थियो ।

पहिलो क्वालिफाएरमा गुजरातलाई हराएको बैंग्लोर र दोस्रो क्वालिफाएरको विजेता हैदरावादबिच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी