राष्ट्रिय फुटबल टोली आज लाओस प्रस्थान

राष्ट्रिय फुटबल टोली आज लाओस प्रस्थान

  • शुक्रबार, जेष्ठ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाण्डौ ,१४ जेठ।
लाओसविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज लाओस प्रस्थाना गरेको छ ।

नेपाली टोली दिउँसो साढे १ बजे थाइ एअरवेजको विमान मार्फत् त्यसतर्फ प्रस्थान गरेको हो । टोली थाइल्यान्डको बैंकक हुँदै लाओसको भियानतियान पुग्नेछ ।

यसअघि, आजै टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा बिदाइ गरिएको थियो ।

नेपालले आइतबार नेपाली समयअनुसार साँझ सवा ५ बजे लाओसविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ ।

लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेललाई प्राथमिकता दिएको हो ।

लाओसविरुद्धको खेलका लागि नेपाली टोलीमा अनिल गुरुङ, किरण चेम्जोङ, भरत खवासलगायतका खेलाडीले पुनरागमन गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी