माओवादी एकताले जनताको पक्षमा उभार पैदा भयोः प्रचण्ड

माओवादी एकताले जनताको पक्षमा उभार पैदा भयोः प्रचण्ड

  • शुक्रबार, जेष्ठ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,१४ जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र जनताको अपेक्षा पुरा गर्नका लागि क्रान्तिकारी माओवादीबिचमा एकता भएको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघले आज माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी एकताले जनताको पक्षमा उभार पैदा गरेको बताउनुभयो । प्रचण्डले अबको केही दिनभित्रै गाउँ गाउँमा पुगेर जनतालाई एकीकृत गर्ने र पार्टीमा संगठित गरिने पनि बताउनुभयो ।

केन्द्रका नेता रामबहादुर थापाले जनताको आवश्यकता, चाहना र राष्ट्रिय आवश्यकतालाई पुरा गर्ने लक्ष्यका साथ पार्टी एकीकरण भएको बताउनुभयो ।

त्यस्तै केन्द्रका प्रवक्ता पम्फा भुसाल, क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक खिलबहादुर भण्डारी, ओम शर्मालगायतले वर्तमान सन्दर्भमा क्रान्तिकारी पत्रकारको भूमिका प्रभावकारी एवम् गतिशील हुनुपर्ने बताउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ