म्यानचेष्टर युनाइटेडको प्रशिक्षकमा मोरिन्हो नियुक्त

म्यानचेष्टर युनाइटेडको प्रशिक्षकमा मोरिन्हो नियुक्त

  • शुक्रबार, जेष्ठ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी ,१४ जेठ ।
इंग्लिस क्लव म्यानचेष्टर युनाइटेडले चेल्सीका पूर्व प्रशिक्षक जोसे मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको छ ।

लुइस भान गाललाई बर्खास्त गरेको म्यानचेष्टर युनाइटेडले मोरिन्होलाई सन् २०२० सम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो ।

क्लवले आज विज्ञप्ति जारी गर्दै मोरिन्होसँग ३ वर्षे सम्झौता भएको घोषणा गरेको हो । मोरिन्होलाई नयाँ प्रशिक्षकमा नियत्त गर्दा खुसि लागेको जनाउदैै म्यानचेष्टर युनाइटेडले भनेको छ ‘जोसे मोरिन्हो हाम्रो नयाँ प्रशिक्षक नियुक्त भएका छन् ।

’सन् २००३ देखि अहिलेसम्म प्रशिक्षकका रुपमा २ पटक च्याम्पियन्स लिग र एक पटक युइएफए कपसहित २२ वटा ट्रफी उचालेका मोरिन्हो चेल्सीबाट ६ महिनाअघि बर्खास्त भएका थिए । यो बिचमा उनले कुनै पनि सिजनमा उपाधिबाट वञ्चित हुनु परेको छैन ।

पोर्चुगलका ५३ वर्षे मोरिन्होसँग घरेलु क्लवसहित, इंग्ल्याण्ड, इटाली र स्पेनका क्लवमा प्रशिक्षक भएको अनुभव छ ।

क्लवसँगको सम्झौता पछि उनले ‘म्यानचेष्टर युनाइटेको प्रशिक्षक नियुक्त हुनु विशेष सम्मान भएको धारणा राखेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी