डोेटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

डोेटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • शुक्रबार, जेष्ठ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौ १४ जेठ ।  

डोटीको तिखातर–६ स्थित स्यालपाखामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

चवराचौताराबाट दीपायलका लागि छुटेको से १ त ६६४५ नम्बरको ट्याक्टर गएराति दुर्घटना हुँदा चालक कैलालीका ४० वर्षीय चन्दु डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका उनलाई उपचारका लागि सदरमुकाम सिलगढीतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले बताउनु भयो ।

भिरालो र कच्ची सडक भएकाले ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अुनमान छ । घटनास्थल सदरमुकामबाट करिब ४२ किलोमिटर टाढा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ