काठमाडौ १४ जेठ ।
महानगरीय प्रहरी परिषर भक्तपुरले अवैध रुपमा लगाएको झण्डै पाँच हजार गाँजाको बोट नष्ट गरेको छ । भक्तपुरका बिभिन्न स्थानमा प्रहरीले हिजोदेखि गाँजा फडानी अभियान सुरु गरेको हो ।
लागू पदार्थको रुपमा प्रयोग हुने गाँजाको बोट सार्वजनिक जग्गादेखि व्यक्तिको जग्गामा समेत लगाएको देखिएपछि साताव्यापी गाँजा फडानी अभियान सुरु गरेको भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।
धेरै ठाउँमा गाजाको बोट भएकाले युवाहरु सजिलै गाँजाको प्रयोग गर्दै लागू औषधको दूव्र्यसनीमा फस्ने गरेको पाइएपछि प्रहरीले गाँजा फडानी अभियान सुरु गरेको हो ।
प्रहरीले जिल्लाको ६ वटै नगरपालिकाको सार्वजनिक जग्गा, खोला किनारको क्षेत्र र कतिपय व्यक्तिको जग्गामा समेत रहेको गाँजा फडानी गर्न प्रहरी परिषरले जिल्लाभरीको प्रहरी बृत्त, प्रभाग र चौकीका प्रहरी परिचालन गरेको छ ।