मधेसी मोर्चाद्धारा संसद बैठक बहिस्कार

मधेसी मोर्चाद्धारा संसद बैठक बहिस्कार

  • बिहिबार, जेष्ठ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ ,१३ जेठ ।
आन्दोलनरत मधेसी मोर्चामा आबद्ध दलले भने आजको संसद बैठक बहिस्कार गरेको छ ।

बैठकको सुरुमै समय मागेर बोल्दै तमलोपाका जंगीलाल रायले आफुहरुको माग संबोधन नभएकोले बैठकमा बस्नुको औचित्य नभएको भन्दै बहिस्कार गर्नुभयो ।
उहाले बिगतमा समेत एकपक्षीय ढङगले संबिधान जारी गरेको तथा आफुहरुका माग संबोधनका लागी सरकारको उदासिन देखिएको आरोप लागउनु भएको थियो ।

रायले मधेसी मोर्चा सडक आन्दोलनमा रहेको बेला संसद बैठकमा बस्नु औचित्य नभएको भन्दै आफुहरुका माग संबोधन नभएसम्म सहभागी नहुने जानकारी गराउनु भयो । रायले बैठक बहिस्कार गरेलगत्तै मोर्चा आबद्ध दलका सांसदहरु संसद भवनबाट बाहिरिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ