यातायात ब्यावसायीद्धारा भाडाका सवारी सन्चालनमा रोक

यातायात ब्यावसायीद्धारा भाडाका सवारी सन्चालनमा रोक

  • बिहिबार, जेष्ठ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, १३ जेठ ।
राष्ट्रिय यातायात व्यवसायी महासघंले आह्वान गरेको चक्काजामका कारण आज उपत्यका सहित देशभर सार्वजनिक सवारी साधन ठप्प भएका छन् ।

ट्राफिक नियम उल्लङ्घन गरेकोमा लाग्ने शुल्क बढाएको भन्दै महासंघले गरेको बिरोधका कारण यातायात ब्यावसायीले भाडाका सवारी साधन नचलाउदा सर्वसाधारण मर्कामा परेका छन् ।

सार्वजनिक यातायातका साधन बन्द हुदा सर्वसाधारण यात्रुको आवागमन प्रभावित भएको छ ।
यातायात ब्यवसायीको बिरोधका कारण काठमाडौँ उपत्यकामा निजी सवारी साधन निर्वाध रुपमा सन्चालनमा आएपनि बिहानैदेखि भाडाका सवारी साधन गुडेका छैनन् ।

राजधानीका केहि स्थानमा नीजि सवारी साधनलाई अबरोध गर्न खोजेपछि साधा पोसाकका प्रहरीले उनीहरुलाईै नियन्त्रणमा लिएको छ । राजधानीमा साधा पोसाकका प्रहरी परिचालन गर्नुका साथै क्रेन सहित प्रहरी परिचालन गरिएको गृह प्रवत्ता यादब कोईरालाले जानकारी दिनुभयो ।

यातायात व्यवसायीहरुले ट्राफिक प्रहरी शुल्क रु २५ देखि २०० सम्मलाई जेठ १ गतेदेखि लागू हुनेगरी रु ५०० देखि रु एक हजार ५०० सम्म पु¥याएको भन्दै बिरोध गरेका हुन ।

विसं २०७२ असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुनेगरी ट्राफिक जरिवाना वृद्धि भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ