काठमाण्डौ ,१२ जेठ ।
अदालतको अवहेलनासम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुने आदेश जारी भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतको प्रक्रियामा आफूले सहयोग गर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीन दिनभित्र उपस्थित हुन आदेश दिएको सन्दर्भमा उहाँले माइक्रोब्लगिङ साइट टुइटरमार्फत आफूले अदालतको प्रक्रियामा सहयोग गर्ने बताउनुभएको हो ।
उहाँको नीजि सचिवालयद्धारा गरिएको ट्वीटमा भनिएको छ– ‘अध्यक्ष प्रचण्डले अदालतलाई सम्मान गर्नुहुन्छ र त्यसै अनुसार अदालतको प्रक्रियामा सहयोग गर्नुहुन्छ ।’
द्धन्द्धकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई फसाउन खोजेको भन्ने दाहालको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै उहाँ विरुद्ध गत जेठ ३ गते मुद्दा दायर भएको थियो ।
सो मुद्दामा सर्वोच्च अदालतले हिजो अध्यक्ष दाहाललाई तीन दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।