मापदण्ड विपरित सन्चालित विद्यालयलाई कारबाही गर्न विद्यार्थी संगठनको ३ दिने अल्टिमेटम

मापदण्ड विपरित सन्चालित विद्यालयलाई कारबाही गर्न विद्यार्थी संगठनको ३ दिने अल्टिमेटम

  • बुधबार, जेष्ठ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १२ जेठ ।  

संयुक्त विद्यार्थी संगठनले काठमाडौ उपत्यकामा अनियमित रुपमा सन्चालन भइरहेको निजी विद्यालयलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।

विद्यार्थी संगठनहरुले आज राजधानीमा पत्रकार सम्मेलन गरी अनुगमनका क्रममा अधिकांश विद्यालय मापदण्ड विपरित सन्चालन भइरहेको पाइएको भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सम्मेलन मार्फत अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै उनीहरुले अधिकांश निजी विद्यालयले मनपरी शुल्क उठाएको, संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नगरेको र अधिकांश शिक्षक बिदामा बस्ने गरेको जनाएका छन् ।

अनुगमनका क्रममा विद्यालयहरुमा शैक्षिक गुणस्तर नभएको, छात्रवृत्ति अपारदर्शी भएको, नियमविपरित विदेशी शिक्षकको नियुक्ति, बैदेशिक सहायताको दुरुपयोग भएको पाइएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

विद्यार्थी संगठनहरुले शिक्षामन्त्रालयकै उपसचिवको नेतृत्वमा अनुगमन गरेको भएपनि मन्त्रालयले हालसम्म कुनै प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आपत्ती जनाएका छन् ।

यसैबीच विद्यार्थी संगठनले आज अपरान्न तीनबजे शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई भेटी अनुगमन प्रतिवेदन दिने तयारी गरेको छ । उनीहरुले प्रतिवेदनमा उल्लेख गरिएका विषयहरु सम्बोधन गर्न सरकारलाई तीन दिनको अल्टिमेटम दिने बताएका छन् ।

तीन दिनभित्र सरकारले कारबाही प्रक्रिया अघि नबढाए कडा आन्दोलनमा उत्रिने अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ