कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना मर्मतका लागि एक साता बन्द

कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना मर्मतका लागि एक साता बन्द

  • बुधबार, जेष्ठ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 22.7K
    SHARES

काठमाडौ १२ जेठ ।  

स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनामा समस्या देखिएपछि मर्मतका लागि एक सात परियोजना बन्द गरिएको छ ।

सुरुङबाट पेनस्टक हुँदै टर्वाइनसम्म पानी पठाउने पाइपको मुख्यद्वारमा समस्या देखिएपछि आज बिहानदेखि उत्पादन बन्द गरी मर्मत सुरु गरिएको आयोजना प्रमुख श्रीरामराज पाण्डेले जानकारी दिनुभयो ।

कुल १४४ मेगावाट क्षमताको उक्त आयोजनाबाट ९० मेगावाट विद्युत् उत्पादन गर्दै आएको थियो । एउटा युनिट मर्मत गर्न समपूर्ण युनिट बन्द गर्नुपर्दा समस्या भएको पाण्डले बताउनु भयो ।

यसैबीच आयोजना बन्द भएपछि औपचारिक रुपमा विद्युत कटौती नगरिएपनि साविकको तालिका भन्दा केही तलमाथि हुन सक्ने विद्युत प्राधिकरणले जनाएको छ ।

आफूहरु सकेसम्म विद्युत्भार कटौतीको समय बढाउने पक्षमा नभएपनि अनौपचारिक रुपमा केही समय तलमाथि भने हुन सक्ने नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले बताउनु भयो ।

प्राधिकरणले अहिले दैनिक औसतमा दश घन्टा विद्युत्भार कटौती गर्दै आएको छ भने नदीमा जलप्रवाह बढेका कारण केही दिनभित्र विद्युत्भार कटौती केही समय कम गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ