आज विश्व थाइराइड दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइदै

आज विश्व थाइराइड दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइदै

  • बुधबार, जेष्ठ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ १२ जेठ ।  

आज विश्व थाइराइड दिवस, नेृपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ ।

थाइराइड सम्बन्धी रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष मे २५ मा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा आज सरकारी तथा निजी संघ संस्थाले राजधानीमा र्याली तथा स्वास्थ्य शिविरका साथै निशुल्क थाइराइड रोगको परिक्षण समेत गर्दैछन् ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि विश्व थाइराइड दिवस मनाउन थालिएको हो । पछिल्लो समय नेपाल पनि यो रोगको बिरामी बढ्न थालेकाले समयमै यसको पहिचान गरी रोकथाम गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।

थाइराइड खानपान र मानिसको जीवन शैलीले नभइ मिसावटयुक्त खाना र वंशानुगत गुणबाट देखिने भन्दै चिकित्सकहरुले नियमित औषधि सेवनबाट यसको सजिलै रोकथाम गर्न सकिने सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ