काठमाण्डौ ११ जेठ ।
आन्दोलनरत विद्यार्थी संगठनहरुले विद्यालय अनुगमनका क्रममा भेटिएका कमिकमजोरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएका छन् ।
नेपाल विद्यार्थी संघ नेविसंघको कार्यालयमा आज बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले भोली दिउसो पत्रकार सम्मेलन गरेर अनुगमनका क्रममा भेटिएका कमिकमजोरी सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी बिहीबार शिक्षा मन्त्रीलाई भेटेर १० बुँदे सहमति कार्यान्वय गर्न र उक्त सहमति कार्यान्वयन नगर्ने विद्यालयलाई कारबाही गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
कार्यान्वयनका लागि सरकारलाई तीन दिनको समयसीमा दिने र उक्त अवधीमा पनि सहमती कार्यान्वयन नभए आन्दोलनमा जाने नेविसंघका प्रवक्ता यूपी लामिछानले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline