बोनास रकम लिएको आरोपमा फिफाका महासचिव बर्खास्त

बोनास रकम लिएको आरोपमा फिफाका महासचिव बर्खास्त

  • मङ्लबार, जेष्ठ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ११ जेठ । 

बोनास रकम लिएको आरोपमा फुटबलको सर्बोच्च निकाय फिफाले कार्यकारी महासचिव मार्कस काट्नरलाई बर्खास्त गरेको छ ।

काट्नरले दशौं लाख पाउण्ड बोनस रकम लिएको आरोप लगाइएको छ । यस विषयमा छानबिन भइरहेको फिफाले जनाएको छ ।

भ्रष्टाचार ओरोपमा महासचिव जेरोम वाल्के बर्खास्त भएपछि काट्नरले कार्यकारी महासचिवको जिम्मेवारी पाएका थिए ।

काट्नरले सन् २००३ मा वित्त निर्देशकको रुपमा फिफामा प्रवेश गरेका हुन् । उनी सन् २००७ मा फिफाको उपमहासचिव भएका थिए ।

फिफाको नयाँ महासचिवको रुपमा संयुक्त राष्ट्रसंघकी अधिकारी फातमा सामोउरा नियुक्त भइसकेकी छन् । उनले आगामी महिनादेखि जिम्मेवारी सम्हाल्ने छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी