काठमाडौ ११ जेठ ।
रेडियो मिरमिरेको दैनिक प्रस्तुती तामाङ भाषाको रेडियो कार्यक्रम तामाङ म्हारमेन आज ३ वर्ष पूरा भएर चार वर्षमा लागेको छ ।
अवाज बिहिनहरुको अवाज भन्ने मुल नाराका साथ सन्चालित रेडियो मिरमिरेकै एउटा पृथक भाषिक कार्यक्रम तामाङ म्हारमेन शनिवार बाहेक प्रत्येक दिन बिहान ९ देखि १० बजेसम्म प्रशारण हुदै आएको छ ।
स्रोतामाझ पृथक पहिचान बनाउन सफल कार्यक्रम तामाङ म्हारमेन मार्फत हाल राजनीति, सञ्चार, साहित्य, बौद्ध धर्म, सङ्गीत, चलचित्र, प्रश्नोतर क्वीज, तामाङ नारी लगायत विधामा कार्यक्रम प्रशारण हुदै आएको छ ।
यस्तै हरेक दिन ९ : ३० बजे तामाङ म्हारमेन तामसोर पनि प्रशारण हुदै आएको छ । कार्यक्रमलाई आगामी दिनमा अझ स्रोतामुखी बनाउदै समयानुकुल परिमार्जन गर्दै लैजाने कार्यक्रम संयोजक विष्णु दोङ तामाङले बताउनुभयो ।
यस्तै वार्षिक उत्सवकै अवसरमा साविककै रेडियो तालिकामा तामाङ म्हारमेन सिग्नेचर आइडि परिवर्तन तथा कार्यक्रमलाई केही परिमार्जन पनि गरिने तामाङले बताउनु भयो ।
यस्तै जेठ महिनाभरि कार्यक्रमको ३ बर्ष यात्रा र भावी कार्यक्रमहरुकै सन्दर्भलाई जोडिएर विभिन्न कार्यक्रमहरु सन्चालन गर्ने तयारी समेत भएको छ ।