म्यान्चेस्टर युनाइटेडद्धारा आफ्ना डच प्रशिक्षक लुइस भान गाल बर्खास्त

म्यान्चेस्टर युनाइटेडद्धारा आफ्ना डच प्रशिक्षक लुइस भान गाल बर्खास्त

  • सोमवार, जेष्ठ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ १० जेठ  । इंग्लिस महारथी क्लव म्यान्चेस्टर युनाइटेडले आफ्ना डच प्रशिक्षक लुइस भान गाललाई बर्खास्त गरेको छ ।

एफए कपको उपाधि जितेको दुई दिनपछिनै भान गाल बर्खास्तीमा परेका हुन् । उनको स्थानमा पोर्चुगलका प्रशिक्षक जोसे माउरिन्होलाई ल्याउने लगभग निश्चित छ । माउरिन्हो चेल्सीबाट यस सिजनको मध्यतिर बर्खास्तीमा परेका थिए ।

पछिल्लो दुई सिजनदेखि निक्कै खराव प्रदर्शन गरिरहेको म्यान्चेस्टर युनाईटेडले भानगालको आगमनपछि पनि प्रिमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेन । यो सिजन युनाइटेडले पाचौं स्थानमा रहेर लिग सकाएको थियो । युनाइटेडले लगातार दोस्रो सिजन च्याम्पियन्स लिग खेल्न पनि नपाउने भयो ।

६४ बर्षीय भानगालसँगै उनका कोचिङ स्टाफहरु असिस्टेन्ट कोच अल्वर्ट स्टुइनबर्ग, गोलकिपर प्रशिक्षक फ्रान्स होकपनि युनाइटेडबाट बाहिरिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी