जेष्ठ १० काठमाण्डौं । बादल समुह सहित, मात्रिका यादव, मणि थापा, तिलक परियार लगायतका पूर्व माओवादीहरु प्रचण्ड नेतृत्वको पुर्नगठित माओवादी केन्द्रमा फर्किए पछि बनेको ६ सय ९९ सदस्यीय केन्द्रीय समितिमा पर्नु पर्ने नपर्ने सबै खालमा मान्छे परे पछि नेता कार्यकर्ताहरु तीव्र असन्तुष्ट बनेका छन् ।
यति सम्म कि युद्ध कालमा माओवादीको विरोध गर्ने र शान्ति प्रकृया पछि माओवादी सग‘ जोडिएका मात्र नभई विगतमा सदस्य समेत नरहेका र राजनीतिक स्तर निम्न भएका समेत मात्रिका यादव, मणि थापा र बादलको समुहका नाममा केन्द्रीय सदस्य बनेको देखे पछि कार्यकर्ताहरुले सामाजिक सञ्जालमा समेत कडा प्रतिकृयाहरु दिन थालेका छन् ।
पार्टी एकता भएकै दिन जेष्ठ ६ गते नेता राम कार्कीले बेलुन कुनै पनि दिन फुट्न सक्ने बताएका थिए । माओवादी छाडेका बाबुराम भट्टराईले पनि सुकेको रुखको कलमीको संज्ञा यस एकतालाई दिएका थिए ।
कतिपय माओवादी युद्ध लडेका पूराना कार्यकर्ताहरुले अहिले थपिएको केन्द्रीय सदस्यहरुलाई बंगुरको समेत संज्ञा दिन पछि परेका छैनन् ।
ईलाम वाईसिएलका अध्यक्ष तथा युद्धका घाईते जनमुक्ति सेनाका कमाण्डर प्रवीण तिम्सिना यसरी केन्द्रीय समितिलाई व्यङग्य गर्दै फेसबुकमा व्ङग्य गर्दै फेसबुकमा यसरी लेख्छन् ।
त्यस्तै युद्धकालदेखि नै जनमुक्ति सेना हुदै अहिले पत्रकारीता गरीरहेका वाईसिएलका कमाण्डर दिप शिखा पनि यसरी केन्द्रीय समिति प्रति टिप्पणी गर्दछन् ।
तर दिप शिखा आफै भने केन्द्रीय सदस्य बनेका छन् ।
यस्तै युद्धकालका पत्रकार समेत रहेका सन्तोष पौडेल पार्टी केन्द्रीय समितिको विस्तारलाई झ्याल र ढोकाबाट पसेको भन्दै असन्तुष्ट पोख्छन् ।
यस्तै एमाओवादी पत्रकार विवेक गौतम यस्तो लेख्छन् ।
यस्तै मदन मैनाली लेख्छन् ।
यी बाहेक धेरै नेता कार्यकर्ताहरुले अहिलेको एकता र सांगठनिक तथा राजनीतिक आधार नभएको व्यक्तिहरु केन्द्रीय समितिमा ल्याईए पछि नेतृत्वमाथि प्रश्न गर्दै पार्टी छाड्ने सम्मको चेतावनी दिन थालेका छन् ।
कतै प्रचण्डलाई यो एकता दुलो परेको बोरामा धान खन्याए जस्तो हुने त होईन भन्दै पूराना कार्यकर्ताहरु निराश बन्न थालेका छन् ।



