संघीय गठबन्धनको प्रदर्शन कीर्तिपुरमा

संघीय गठबन्धनको प्रदर्शन कीर्तिपुरमा

  • सोमवार, जेष्ठ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं १०, जेठ । संघीय गठबन्धनले आज दिँउसो कीर्तिपुरमा भव्य रुपमा विरोध प्रदर्शन गर्दैछ । त्रिभुवन विश्व विद्यालयको मुख्यद्धारबाट सुरु भएको विशाल र्याली कीर्तिपुरको नयाँ बजार पुग्दैछ । काठमाडौंको चावहिलमा विशाल विरोध प्रदर्शन गर्दैछ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले नेतृत्व गरेको र्याली कीर्तिपुरको नयाँ बजार पुगेर विरोध सभामा परिणत हुनेछ । सभालाई गठबन्धनका प्रभावशाली शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

संविधान पुनर्लेखनका लागि राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले हिजो चावहिल चोकमा विशाल विरोध सभा सम्पन्न गरेको थियो । कीर्तिपुरको विरोधसभाका लागि त्यहाँका स्थानीय बासिन्दाको बाक्लो उपस्थिति देखिएको छ ।

जसले गर्दा गठबन्धनको आन्दोलनमा पछिल्लो समय काठमाडौंको विभिन्न स्थानमा भइरहेका विरोध सभाहरु दिनप्रतिदिन झन् प्रभावकारी र व्यवस्थिति हुँदै गएका छन् ।

संघीय गठबन्धनमा मधेशी, आदिवासी जनजाति, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, खस समुदाय, नेवाः लगायतका दल तथा संगठन आबद्ध छन् । वार्ता मार्फत् समाधानका लागि आफूहरु तयार रहेपनि संविधान पुनर्लेखन गर्ने गरी माग सम्बोधन सार्वजनिक प्रतिबद्धता सरकारबाट नआएसम्म आन्दोलन जारी रहने गठबन्धनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ