काठमाडौ १० जेठ ।
राजधानी केन्द्रित आन्दोलन गरिरहेको संघिय गठबन्धनले अहिलेसम्मको आन्दोलन उपलब्धीमुलक भएको भएको निश्कर्ष निकालेको छ ।
संघिय समाजवादी फोरम नेपालको पार्टी कार्यलय तीनकुनेमा आज बिहान बसेको बैठकले जारी आन्दोलन सन्तोशजनक रहेको निश्कर्ष निकाल्दै अब थप बयवस्थित रुपमा आन्दोलन अगाडि लैजाने निर्णय गरेको सद्भावना पार्टीका महासचीव मनिसकुमार सुमनले जानकारी दिनुभयो ।
बैठकमा काठमाण्डौ केन्द्रित आन्दोलनलाई जेठ १५ गते पछि निरन्तरता दिने या निदिने भन्ने बिषयमा पनि छलफल भएको थियो । फेरी बैठक बसेर आन्दोलनको बारेमा थप निर्णय गर्ने सहमती भएको उहाले बताउनु भयो ।
गठबन्धनको यसअघिको बैठकले १५ गतेसम्मका लागी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
यसैबीच गठबन्धनले आज अपरान्ह ४ बजेपछि र्याली सहित सभाको आयोजना गर्दै छ ।
किर्तिपुरको त्रिभुवन बिश्वबिद्यालयको गेटबाट र्याली निकाली किर्तपुर बजार पुगेर सभा गर्ने गठबन्धनका प्रवत्ता पर्शुराम तामाङले जानकारी दिनुभयो ।