काठमाण्डौ ,१० जेठ ।
नेपाल विद्यार्थी संगठनले कालोबजारी तथा मङ्गीको बिरुद्ध प्रधानमन्त्री निवास वालुवाटारमा खालि सिलिण्डर र पानीको जार सहित प्रदर्शन गरेको छ ।
सरकारकै संरक्षणमा कालोबजारी र महङगी मौलाएको र शैक्षिक क्षेत्रमा पनि माफियाकरण बढेको भन्दै ने.बि.संघले आज बिहान आठ बजेदेखि एक घण्टा बालुवाटारमा ब्याङग्यात्मक प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरु ग्यास सिलिण्डर , ओलि ऐक्सप्रेस रेल , पानी जहाज, पानीका जार , थाल लगायतका सामाग्री सहित सहित प्रदर्शनमा उत्रिएको ने.बि.संघका प्रवत्ता युपि लामिछानेले जानकारी दिनुभयो ।
यस्तै यहि १३ गते अपरान्ह ३ बजे रत्नपार्क पेट्रोल पम्प अगि ब्यगात्मक ओलि सडक सम्वाद समेत आयोजना गरिने उहाले बताउनु भयो ।
प्रदर्शनकारीले आज ओलि भाषामा देश चलायौ सपना बाडे रै रमायौ महङगिको मारले रुवाउनु सम्म जन्ता रुवायौ महगिले ढाड सेकियो ,दशको सामान नि ५० भो जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए ।

