काठमाडौ १० जेठ ।
सगरमाथा आरोहण गरी फर्किने क्रममा बेपत्ता भएका दुई भारतीय आरोहीको मृत्यु भएको पुष्टी भएको छ ।
मृत्यु हुनेमा भारतीय नागरिक गौतम घोष र पृतम घोषको रहेको सगरमाथा प्रदुषण नियन्त्रण समिति एपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिनुभयो ।
उनीहरुको शव सगरमाथाको आठ हजार मिटर माथि नै रहेको जनाइएको छ । दुर्घटनामा एक नेपाली गम्भिर घाइते भएका छन् । गत शनिबार आरोहण गरी फर्किने क्रममा बेपत्ता भएका सात मध्ये अन्य चार जना भने सम्पर्कमा आएका छन् ।
घाइते सहित मृतक द्धयको उद्धारका लागि हेलिकप्टर पठाउने प्रयास असफल भएपछि आज शेर्पा सहितको उद्धार टोली घटनास्थल तर्फ पठाउने तयारी भएको राईले बताउनु भयो ।
उनीहरु टे«किङ क्याम्प एक्पिडेसनबाट आरोहणमा गएका थिए । गत शनिबार चार भारतीय र तीन नेपाली सहभागी टोली आधार शिविर फर्किने क्रममा उक्त दुर्घटना भएको हो ।