काठमाडौ ९ जेठ ।
युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ५ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदै छ ।
उहाँको सम्झनामा आज नेपाली सहित्य क्षेत्रमा क्रियाशिल संघ संस्थाले आज विविध कार्यक्रमको आयोजना गरेका छन् । उहाँको जन्म वि.स. १९७९ साल जेठ ९ गते ओखलढुंगामा भएको हो ।
सानै उमेरमा साहित्यमा लाग्नु भएका बहुप्रतिभाशाली व्यक्तित्वका धनी श्रेष्ठका चार सय बढी फुटकर कविता, आधा दर्जन बढी खण्ड काव्य र त्यतिकै संख्यामा गिति काव्य लगायतका कृतिहरु प्रकाशन भएका छन् ।
उहाँको मेरो प्यारो ओखलढुंगा निकै चर्चित कविता हो भने मेरो प्रतिबिम्ब, कोपिला, कुहिरो, बाँचिरहेको आवाज लगायतका कविता तथा उर्वशी, ज्यानमारा शैल, मंगलमान र आँसु लगायतका खण्डकाब्य पनि लोकप्रिय छन् ।
उहाँ भूकम्प तक्मा, त्रिभुवन पुरुस्कार, रत्नश्री सुवर्ण पदक, पृथी प्रज्ञा पुरुस्कार, बेधनिधि पुरुस्कार, गोरखा दक्षिण बाहु लगायतका पुरस्कारबाट पनि सम्मानित हुनुभएको थियो ।
यसैबिच भारतका वरिष्ठ साहित्यकार पवन चामलिङ किरणलाई यस वर्षको युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मान गरिदैछ ।
युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ५ औं जन्मजयन्तीको अवसरमा भारत सिक्किमका मुख्य मन्त्रीसमेत रहनु भएका चामलिङलाई सम्मान गर्न लागिएको हो ।
राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा केहिबेरपछि हुने एक कार्यक्रमकाबीच उहाँलाई सम्मान गर्ने तयारी छ ।