काठमाडौ ९ जेठ ।
राष्ट्रिय पुनर्निर्माण प्राधीकरणले भूकम्पबाट क्षतिग्रस्त २ सय ३४ वटा विद्यालय पुनर्निर्माणका लागि विभिन्न संस्थालाई स्वीकृति दिएको छ ।
स्वीकृति अनुसार क्यारिटास स्वीटजरल्याण्डले सिन्धुपाल्चोकमा ३४ वटा विद्यालय पुनर्निर्माण गर्नेछन् भने युएमएनले धादिङमा ३३ वटा विद्यालय बनाउनेछ ।
यसैगरी सहयोगी हातहरुको समूहले ओखलढुंगमा १८, एस्थर बेञ्जामिनले मकवानपुरमा २२, ग्रामीण सुधार समाजले सिन्धुपाल्चोकमा १३, हेल्प इभीले १२ र इको हिमालले सोलुखुम्बुमा ११ वटा विद्यालय पुनर्निमाणका लागि अनुमति पाएका छन् ।
सम्बधित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधीकरणबीच त्रिपक्षीय सम्झौता भएपछि उक्त विद्यालयको निर्माण कार्य अघि बढ्ने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline