जेष्ठ ९ एजेन्सी । म्यान्चेष्टर युनाईटेडले शनिबार राति एफए कपको उपाधी हात पारेको छ ।
क्रिस्टल प्यालेस विरुद्ध २–१ गोल अन्तरको जीत निकाल्दै युनाईटेडले ३ वर्ष पछि उपाधी हात पार्न सफल भएको हो ।
पहिलो निर्धारीत ९० मिनेटको खेल एक एक गोलको बराबरीमा रोकिएको थियो ।
त्यस पछि थप गरिएको आधा घण्टाको अतिरिक्त समयको खेलमा युनाईटेड १० खेलाडीमा सीमित भएको थियो ।
उसका क्रिस स्मलिङ रातो कार्ड खाएर बाहिरिए म्यान्चेष्टर संकटमा परेको थियो ।
तर जेसी लिङगार्डले निर्णायक गोल गर्दै टिमलाई उपाधी जिताएका थिए ।
खेलेको अग्रता भने क्रिस्टल प्यालेसले जेसन पन्चियोनको गोलबाट लिएका थिए ।
तर त्यसको ३ मिनेटमा माटाले गोल गर्दै युनाईटेडलाई बराबरीमा ल्याएका थिए ।
यो सिजनका सबै जसो प्रतियोगीतामा खराब प्रदर्शन गरेको म्यान्चेष्टरको यो उपाधी जीतेर सान्त्वना बटुलेको छ ।
म्यानचेष्टर युनाईटेडले प्रिमियर लिगमा पनि खराब प्रदर्शन गरेको थियो भने युरोपा लिगमा समेत छनौट हुन सकेको थिएन ।
यो उपाधी जीताए पछि प्रशिक्षक लुईस भान गालको पनि प्रतिष्ठा जोगिएको छ ।