जेष्ठ ९ काठमाण्डौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले सर्वोच्च अदालतले बैंकका नाममा दिएको अन्तरीम आदेशको प्रतिलिपि च्यातेर फ्याकेको खुलासा भएको छ ।
यस अघि बैंकको सिईओबाट हटाईएका रवीन शाक्यलाई पुनर्वहाली गर्न सर्वोच्चले आदेश दिए पछि आवेगमा आएर उनले अदालतको आदेश पत्र नै च्यातेको खुलेको हो ।
ढुंगाना आवेगी रहेको भन्दै बैंक स्रोतले बेला बेलामा उत्तेजनात्मक तर्क र निर्णय गर्ने गरेको बतायो ।
उनले २ वर्ष अघि रवीन शाक्य सहित अवतार न्यौपाने र अमित बास्तोला सहित ३ जनालाई हटाएका थिए ।
उनैले सञ्चालक समितिलाई साथ लिएर हटाएका तीन जना कर्मचारीले पुनरावेदन अदालतको ढोकामा पुगेर न्याय खोजेका थिए ।
सो क्रममा पुनरावेदनले कर्मचारी हटाउनु नियम अनुसार देखिए पनि न्यायसंगत नभएको फैसला गरे पछि अवतार बाहेक शाक्य र बास्तोलालाई पुनर्वहाली गरिएको थियो ।
तर शाक्यलाई दार्चुला पठाईयो भने बास्तोलालाई केन्द्रीय कार्यलयमा राखियो ।
तर दार्चुलामा पद अनुसारको दरबन्दी नभए पछि सरुवालाई पुनर्विचार गर्न शाक्यले आग्रह गरेका थिए ।
तर यसलाई ढुंगानाले मुढे बलको रुपमा अस्वीकार गर्दै आए पछि शाक्यले सर्वोच्च अदालतमा हालेको रिट बमोजिम न्यायधीश गोपाल पराजुलीको एकल ईजलाशले नियमविपरीत सरुवा नगर्न आदेश दिएको थियो बैशाख २७ गते ।
अदालतको सोही पत्र बोकेर बैंक पुगेका शाक्यले सो पत्र ढुगानालाई दिए पछि आफ्नो निर्णय विरुद्ध अदालत गएको भन्दै च्यातेर भुईमा फ्याकेका थिए ।
अब यस विषयमा सर्वोच्चको आदेश प्रकृया गत रुपमा कार्यन्वयनका लागि लाग्ने पीडितहरुले बताएका छन् ।
बंैकका अन्य केही कर्मचारीले पनि सिईओ साप निकै झ्वाक्की होईसिन्छ भन्दै केही जानकारी दिन अस्वीकार गरेका छन् ।