काठमाण्डौ ,८ जेठ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु बुद्धको सन्देशबाट प्रभावित भएको धारण राख्नुभएको छ ।
बुद्ध जयन्तिको अवसरका लुिम्बनिमा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेकपा माओवादीको युद्ध र त्यसलाई शान्तिप्रक्रियामा ल्याउनेकाम आफैले गरेको र अब विश्वसामु शान्तिको शन्देश फैलाउने काममा पनि अग्रसर हुने धारणा राख्नुभयो ।
नेकपा माओवादीको युद्ध र त्यसलाई शान्तिप्रक्रियामा ल्याउनेकाम आफैले गरेको उल्लेख गर्दै दाहालले बुद्धले दिएको शान्तिको सन्देशपछि अब बुद्धकै सन्देशलाई साक्षी राखेर फेरि नेपालबाटै विश्वसामू शान्तिको सन्देश दिनुपर्ने बताउनु भयो ।
दाहालले आफूले पनि युद्धबाट शान्ति प्रक्रियामा आउँदा लुम्बिनीमै कार्यक्रमको आयोजना गरी अघि बढेको बताउनु भयो ।
उहाले भन्नुभयो –‘शान्ति प्रक्रियामा आउँदा हामीले लुम्बिनीबाटै शान्ति प्रक्रियामा प्रवेश गरेको कार्यक्रम सञ्चालन गर्यौ । त्यसैले बुद्धसँग धेरै रुपमा म जोडिएको छु ।’
बुद्धले प्रतिपादन गरेको सन्देशले विश्वमा शान्ति फैलाउनुका साथै विशाल दुई छिमेकी मुलुलकलाई जोड्न नेपालका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । दाहालले २५६० औ वर्ष अघिको शिक्षा आज पनि सान्दर्भिक रहेको बताउनु भयो ।
लुम्बिनीको विकासका लागि बनेको ग्रेटर लुम्बिनी परियोजनाको अध्यक्ष भएका दाहालले आफूले पनि यस्तै कार्यक्रमको आयोजना गर्ने योजना बनाए पनि विभिन्न कारणले सञ्चालन गर्न नसकेको बताउनु भएको थियो । उहाले भन्नुभयो ,‘ग्रेटर लुम्बिनीको अध्यक्ष भएका बेला बानकी मुनसँग कुरा गरेर यस्तै कार्यक्रम गर्न सल्लाह गरेको भएपनि विभिनन कारणले कार्यक्रम हुन सकेन तर म बुद्धसँग धेरै प्रकारले जोडिएको छु ।