आज २५६० औं बुद्धजयन्ती, विश्वभरका बौद्ध धर्मावलम्बीहरुले मनाउदै

आज २५६० औं बुद्धजयन्ती, विश्वभरका बौद्ध धर्मावलम्बीहरुले मनाउदै

  • शनिबार, जेष्ठ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौ ८ जेठ ।  आज २५६० औं बुद्ध जयन्ती । शान्तिका अग्रदुत सिद्धार्थ गौतम बुद्धको सम्झनामा नेपाल लगायत विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
बुद्ध जयन्तीका अवसरमा आज काठमाडौ उपत्यका लगायत देशैभर शान्तिको कामनाका साथै दीप प्रज्वलन तथा दान गरी मनाइदैछ । बुद्धजयन्ती नेपाल लगायत, श्रीलंका, भूटान, भारत, चीन, थाइल्याण्ड, बर्मा लगायतका मुलुकहरु पनि मनाइन्छ ।
देशभरका बुद्ध बिहार एवं स्तुपाहरुमा उपदेशहरुको प्रवचन लगायतका कार्यक्रम भईरहेको छ । बुद्धलाई एशियाको प्रकाशको रुपमा समेत चित्रण गरिएको छ ।
यस सन्दर्भमा आज लुम्विीनीमा बिशेष समारोहको आयोजना गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यक्रम गरिने पर्यटन मन्त्रालयले जनाएको छ । बिहान ९ बजे हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काग्रेस सभापति शेर बहादुर देउवा,एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित विभिन्न दलका नेताहरु समेत सहभागी हुदै हुनुहुन्छ ।
यता स्वयम्भूमा पनि आज ठूलो भीडभाड सहित मानिसहरु बुद्ध जयन्ती मनाउन जम्मा भएको त्याहाबाट हाम्रा सहकर्मि मिक्साङ वाईवाले जनाएकी छन् ।
यस अघि हिजो दुई दिने अन्तराष्ट्रिय वौद्ध सम्मेलन राजधानीमा सम्पन्न भएको थियो ।
इसापूर्व ५६३ अर्थात आज भन्दा २५६० वर्ष अघि वैशाख शुक्ल पूर्णिमाका दिन नेपालको कपिलवस्तु जिल्लाको लुम्बिनीमा पिता सुद्धोधन र माता मायादेवीको कोखबाट सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो ।

भौतिक सुखलाई त्याग गर्दै २९ वर्षको उमेरमा दरबार छोडी तपस्या गर्न निस्किनु भएका बुद्धले ईसा पूर्व ५२८ मा आजकै दिन भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्नुभएको थियो भने आजकै दिन प्राण त्याग गर्नुभएको थियो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति र मृत्युको तिथी एकैदिन परेकाले आजको दिनलाई बौद्ध धर्मावलम्बीहरुले विषेश महत्वका साथ लिने गरिन्छ । विश्वमा शान्ति, अहिंसा र सद्भावको संदेश फैलाउने बद्धको उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पाइन्छ ।

बुद्ध जयन्तीका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
यसैबीच राष्ट्रपति विद्या देवी भण्डारीले बुद्धजयन्तीको अवसरमा एक सन्देश दिई शान्तिको दुत भगवान गौतम बुद्धको जन्मभूमि नेपालमा सबै समुदायबीच सहिष्णुता काम गर्दे राष्ट्रिय एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ