बौद्ध दर्शन सम्बन्धी विभिन्न कार्यपत्र पारित गर्दै अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न

बौद्ध दर्शन सम्बन्धी विभिन्न कार्यपत्र पारित गर्दै अन्तराष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न

  • शुक्रबार, जेष्ठ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाण्डौ ,७ जेठ । अन्तराष्ट्रिय बौद्ध सम्मेलन बौद्ध दर्शन सम्बन्धी विभिन्न कार्यपत्र पारित गर्दै आज सकिएको छ । सम्मेलनको दोस्रो दिन आज बुद्ध दर्शन र यसको प्रभावसँग जोडिएका बिभिन्न २३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

हिजो प्रस्तुत भएका र आज प्रस्तुत गरिएका कार्यपत्रमाथि आज एकसाथ छलफल भएको सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । सम्मेलनमा नेपालका तर्फबाट सात वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

दुई दिनसम्म चलेको सम्मेलनले गरेका निर्णयहरु भने घोषणापत्रका रुपमा भोली जारी गरिने जनाएको छ । बौद्ध दर्शनको वृहत्तर प्रचार र धार्मिक पर्यटन प्रवद्र्धनमा सम्मेलन निकै फलदायी भएको सरकारको विश्वास छ ।

बुद्धको जन्मस्थल र बौद्ध दर्शनको सुरुवात नेपालमै भएको हो भन्ने विश्वव्यापी सन्देश दिन आयोजना गरिएको सम्मेलनमा २३ मुुलुकका १ हजार ३ सय भन्दा वढी धार्मिक गुरु तथा प्रतिनीधिले सहभागिता जनाएका थिए ।

सरकारले भोली २५ सय ६० औं वुद्ध जयन्ती समारोह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा गौतमवुद्धको जन्मस्थल लुम्विनीमा मनाउने तयारी गरेको छ । त्यसका लागि राष्ट्रपति भण्डारी लुम्बिनी पुगिसकनु भएको छ ।

यसैबीच बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले वुद्ध नेपालमै जन्मिएको बताउनुभएको छ । २५ सय ६० औं वुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिदैं उहाँले वुद्धको जन्म स्थान सम्बन्धमा टिका टिप्पणी गर्नु आवश्यक नभएको स्पष्ट पार्नुभएको हो ।

वुद्ध भारतमा जन्मिएको भन्दै विश्वव्यापी रुपमा भ्रम फैलिरहेका वेला क्यामरुनको यस्तो भनाई आएको हो । विश्वभर रहेका वौद्ध मार्गी तथा वुद्ध जन्मिएको देश नेपाल र नेपाली जनताका लागि यो विषेश समय हो ।’ क्यामरुनद्धारा जारी विज्ञाप्तीमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ